हाम्रा सुविधा केन्द्रहरूमा हेरचाह गर्दा सबै बिरामी र आगन्तुकहरूको प्रभावकारी सञ्चारमा पहुँच सुनिश्चित गर्नका लागि Penn State Health प्रतिबद्ध छ। बिरामीहरूले प्रभावकारी ढङ्गले हाम्रा कर्मचारीहरूलाई उनीहरूको चिकित्सा स्थिति, आवश्यकताहरू, इतिहासको स्पष्ट विवरण प्रदान गर्न सकून् र गुणस्तरीय रूपमा बिरामीको हेरचाहका लागि आवश्यक उनीहरूको चिकित्सा स्थिति र उपचार विकल्पहरूका बारेमा हेरचाह टीमको मूल्याङ्कन बुझ्न सकून् भन्ने कुरा सुनिश्चित गर्दै।
Penn State Health मा, तपाईंको चिकित्सा हेरचाहका लागि भाषा सहायता सेवाहरू नि:शुल्क उपलब्ध छन्। तपाईंको प्रमुख भाषा अङ्ग्रेजी बाहेक अरू कुनै साङ्केतिक भाषा छ र तपाईं त्यस भाषामा आफ्नो चिकित्सा आवश्यकताहरूका बारेमा सञ्चार गर्न चाहनुहुन्छ भने कृपया हाम्रो कर्मचारीलाई तपाईंले मेडिकल दोभासेका लागि अनुरोध गर्नुभएको कुराको बारेमा बताउनुहोस्। आफ्नो बसाइको समयमा, हाम्रा कर्मचारीहरूले तपाईंलाई तपाईंको चिकित्सा हेरचाह गर्न निम्नलिखित भाषा सहायता सेवाहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छन्:

  • फोन मार्फत व्याख्या प्रति दिन 24 घण्टा/प्रति हप्ता 7 दिन उपलब्ध छ
  • भिडियो रिमोट व्याख्या 
  • पेशेवर व्यक्तिगत रूपले चिकित्सा दोभासेहरू
  • मेडिकल कागजात अनुवाद सेवाहरू

चिकित्सा व्याख्या

नि:शुल्क चिकित्सा व्याख्या सेवाहरू बिरामीहरू र उनीहरूका परिवारहरूका लागि 150 भन्दा बढी भाषाहरू र बोलीहरूमा, साथै अमेरिकी सांकेतिक भाषामा सधैं उपलब्ध छन्। व्याख्याका विकल्पहरूले भिडियो च्याट र टेलिफोन सेवा समावेश गर्छ। स्थानमा साङ्केतिक भाषा दोभाषेहरूका प्रबन्ध पहिले नै गर्न सकिन्छ। तपाईं दोभाषे चाहनुहुन्छ भने कुनै पनि कर्मचारी सदस्यलाई सूचित गर्नुहोस्। कुनै पनि परिस्थितिमा गैर-प्रमाणित चिकित्सा दोभाषेलाई दोभाषेको रूपमा प्रयोग गर्नु हुँदैन।

दोभाषे सेवाहरू:

  • Hampden Medical Center: 717-981-8134
  • Holy Spirit Medical Center: 717-763-3082
  • Lancaster Medical Center: 223-287-8204
  • Milton S. Hershey Medical Center इमेल [email protected]
  • St. Joseph Medical Center: 484-955-5168 
  • चिकित्सा समूह: बिरामीले हेरचाह पाएको अभ्यास स्थान प्रबन्धकलाई फोन गर्नुहोस्

गैर-चिकित्सा अनुवाद

Google Translate 130 भन्दा बढी भाषाहरूमा संकेत, मेनु, र गैर-चिकित्सकीय कागजातहरू र कुराकानीहरू अनुवाद गर्न प्रयोग गर्न सकिन्छ। कृपया ध्यान दिनुहोस् कि Penn State Health गलत अनुवादको लागि जिम्मेवार छैन। 

Google Play वा App Store Google Translate app डाउनलोड गर्नुहोस्।

Get it on Google Play badge

Available on the App Store badge

बारम्बार सोधिने प्रश्नहरू

मेरो मेडिकल व्याख्या वा अनुवाद आवश्यकताहरूका लागि कस्ता भाषाहरू उपलब्ध छन् ?

हामी बोल्ने व्याख्या र लिखित अनुवादमार्फत 150 भन्दा बढी भाषाहरूका लागि भाषा सेवाहरू उपलब्ध गराउँछौँ।

म मेडिकल दोभासेलाई कसरी पहुँच गर्न सक्छु ?

कृपया तपाईं वा एक प्रियजनले मेडिकल दोभासे अनुरोध गर्नुभएको छ कुराको बारेमा हाम्रो कर्मचारीलाई जानकारी दिनुहोस्।के

परिवारको सदस्य वा साथीले मेरो लागि व्याख्या गर्न सक्नुहुन्छ?

प्रतिबद्ध छौँ र यो हाम्रो कर्मचारी र बिरामीहरूका बीचको चिकित्सा जानकारीको सही र प्रभावकारी संचार सुनिश्चित गर्नका लागि योग्य र/वा प्रमाणित चिकित्सा दोभासेमार्फत सर्वोतम रूपले प्राप्त गर्न सकिन्छ।